काठमाडौं । आइतबार भिटामिन ’ए’ क्याप्सुल र जुकाको औषधि खान छुटेका बालबालिकालाई सोमबार आज पनि खुवाइँदैछ ।
देशभर ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ’ए’, एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई आज पनि जुकाको औषधि खुवाउन पाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पालिकाले तोकेका खोप केन्द्रमा लगेर आफ्ना बालबालिकालाई भिटामिन ’ए’, जुकाको औषधि खुवाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको हो ।
देशभरका ५२ हजारेन्द्रबाट २७ लाख बालबालिकालाई भिटामिन ’ए’ र २३ लाख ६० हजारभन्दा धेरैलाई जुकाको औषधि खुवाउने सरकारको लक्ष्य राखेको छ ।














