Logo
Logo

सर्वोच्च बारले माग्यो प्रधानन्यायाधीशको राजीनामा



काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गरेको छ । सोमबार बसेको सर्वाेच्च बारको बैठकले प्रधानन्यायाधीश जबराले तत्काल राजीनामाु दिनुपर्ने निर्णय गरेको गरेको हो ।

बारको पदाधिकारी बैठकले प्रधानन्यायाधीशले राजीनामा दिएर निकास दिनुपर्ने निष्कर्ष निकालिएको बारका अध्यक्ष चन्डेश्वर श्रेष्ठले बताए । बारको पदाधिकारी बैठकले प्रधानन्यायाधीशले राजीनामा दिएमात्रै न्यायालयको गतिरोध अन्त्य हुने सुझाव दिएका थिए ।

सोमबार नै बसेको नेपाल बार एशोसिएसनको बैठकले पनि प्रधानन्यायाधीशको राजीनामा माग्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद् विस्तारका क्रममा भागबण्डा खोजेको विषयले प्रधान्यायाधीश राणा थप अप्ठेरोमा पर्दै गएका छन्। सर्वोच्च अदालतका २१ जना न्यायाधीशमध्ये १४ जना न्यायाधीश पनि उनले राजीनामा दिनुपर्ने पक्षमा छन्।

प्रतिक्रिया दिनुहोस्