Logo
Logo

रेमिटेन्समा गिरावट कायमै



काठमाडौं । कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा परेको असर बल्ल देखिन थालेको छ । चालु आर्थिक वर्षको पहिलो महिनादेखि नै घट्न थालेको रेमिटेन्स दोस्रो महिनामा पनि घटेको छ ।

कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा जानेको संख्या घट्दा यसअघि नै धेरैले रेमिटेन्समा गिरावट आउन सक्ने अनुमान गरेका थिए ।

नेपाल राष्ट्र बैंकले सोमबार प्रकाशित गरेको चालु आर्थिक वर्षको दुई महिनामा रेमिटेन्स एक खर्ब ५५ अर्ब ३७ करोड रूपैयाँ भित्रिएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनमा ६.३ प्रतिशतले कमी हो ।

अघिल्लो वर्षको सोही अवधिमा रेमिटेन्स आप्रवाह ८.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिटेन्स आप्रवाह ५.८ प्रतिशतले कमी आई १ एक अर्ब ३१ करोड रहेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.६ प्रतिशतले बढेको थियो ।

कोरोना महामारीपछि कैयन गन्तव्य मुलुकबाट मागपत्र नआउँदा वैदेशिक रोजगारी सुस्ताएको छ । हालसम्म श्रम स्वीकृति जारी भएको आधारमा सबभन्दा ठूलो गन्तव्य मानिएको मलेसिया रोजगारी कोराना महामारी सुरु भएपछि ठप्प छ ।, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्