Logo
Logo

नयाँ पार्टी खोल्ने तयारीमा प्रभु साह, एमालेमा रहेका पूर्वमाओवादी नेताहरुको साथ !



काठमाडौं । नेकपा (माओवादी केन्द्र) परित्याग गरी नेकपा एमालेमा लागेका पूर्वमन्त्री प्रभु साहले छुट्टै नेकपा पार्टी खोल्ने तयारी गरेका छन् ।

नेकपा पुनर्गठनका लागि साहको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय कमिटीको नामावलीसमेत तयार भइसकेको उनी निकट स्रोतको भनाई छ ।

नेकपा पुनर्गठन गर्ने साहको तयारीलाई एमालेभित्र रहेका अन्य पूर्वमाओवादी नेताहरुले समेत साथ दिने बुझिएको छ । साहले बनाउने केन्द्रीय कमिटीमा दुई दर्जन बढी पूर्वसभासदहरुको नाम समावेश हुने स्रोतको दाबी छ ।

‘केपी ओलीले हाम्रा ८ बुँदे मागहरु पूरा नगरी केही नेतालाई टपक्क टिपेर पद बाँड्ने र फकाउने नीति लिएको हुनाले हामी एमालेमा रहन नसक्ने भयौं, प्रभु साह निकट एक नेताले भने, ‘त्यसैले अब साहको अध्यक्षतामा नेकपा पुनर्गठन गर्न लागिएको हो । ५१ सदस्यीय केन्द्रीय कमिटीको नामावली तयार भइसक्यो, अब केहि दिनमै घोषणा हुन्छ ।’

रौतहटका पूर्वमाओवादी सांसद एवं पूर्ववर्ती ओली नेतृत्वको सरकारका मन्त्री रहेका साहले यसअघि एमालेबाट असन्तुष्ट भई आइटी आर्मी गठन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्