Logo
Logo

दश भाइको व्यवस्थापन



काठमाडौं । पार्टी विभाजनको अन्तिम अवस्थामा माधव नेपालको साथ छोड्ने १० स्थायी कमिटी सदस्यहरुलाई दशौँ महाधिवेशनबाट गरिने व्यवस्थापनका लागि सामूहिक नभई व्यक्ति–व्यक्तिसँग कुराकानी गर्ने ओलीको योजना छ । उनले माधव नेपालको साथ छोड्दा उनीहरुले कतिजना मान्छे लिएर आएका छन् भन्ने आधारमा मूल्यांकन हुने बताउँदै आएका छन् । त्यसमध्ये अमृत बोहोरा उमेरका कारण अवकास हुने भए । अष्टलक्ष्मीलाई उपाध्यक्षमै कायम राख्ने योजना छ ।

योगेश भट्टराई र गोकर्ण विष्टलाई सचिव नै राखिने छ । बाँकी रहेका युवराज ज्ञवाली, भीम रावल, घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र भीम आचार्यलाई स्थायी कमिटी सदस्यसहित महत्वपूर्ण विभागहरुको जिम्मेवारी दिने गरी मिलाउन खोजिएको छ ।

सचिवमा माओवादीबाट आएका टोपबहादुर रायमाझी, मणिचन्द्र थापा, लेखराज भट्टमध्ये दुई जनालाई राखिने भएको छ । एमालेको विधानअनुसार सात सचिवको व्यवस्था छ । योगेश र गोकर्णलाई सचिव बनाइँदा माओवादीका तीनसमेत गरी पाँच सचिव हुन्छन् । सचिवका लागि ओलीले गणेश तिम्सिना, पर्शुराम मेघी गुरुङ, पृथ्वीसुब्बा गुरुङ, किरण गुरुङ, महेश बस्नेत, कर्ण थापा र रघुवीर महासेठको सूची बनाएका छन् । तर, त्यसमा महिला पनि राख्नुपर्ने दबाब छ । यदि ओलीले आफ्नो सूचीका मान्छेलाई मात्रै सचिव बनाए भने माधव नेपाललाई छोडेर जानेदेखि माओवादीबाट गएकाहरुसम्मको बिचल्ली हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्