Logo
Logo

प्रधानन्यायाधीशलाई राजीनामा दिन ओलीको सुझाव


4.2k
Shares

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठनका लागि परमादेश जारी गर्ने न्यायाधीशलाई राजीनामा गर्न सुझाव दिएका छन् ।

मङ्गलवार पार्टी कार्यालय बबरमहलबाट एमालेको पालिका अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै अध्यक्ष ओलीले पाकिस्तानी शैलीमा परमादेश जारी गर्ने सबैले राजीनामा दिनुपर्ने बताएका हुन् । ओलीले नागरिकले न्यायका लागि भरोसा गर्ने ठाउँ अदालतलाई विवाद र तमासाको थलो नबनाउन आग्रह समेत गरे ।

ओलीले बार र वकिलले संसद् विघटनका बेला बार र वकिलले इजलास तोक्ने काम गरेको आरोप लगाउदै हुँदै नभएको आधारमा राष्ट्रपतिलाई परमादेश जारी गरिएको जिकिर गरे । एमाले अध्यक्ष ओलीले वर्तमान पुर्ण रुपमा असफल भएको दावी गरे ।

विकास निर्माणका लागि बर्तमान सरकार नबनेको भन्दै उहाले आफ्ना मान्छे नियुक्ति गर्ने र कर्मचारीको सरुवा आतंक मचाउने काम गरेको धारणा राखे । उनले व्यवस्थापिका प्रभावकारी ढंगले अघि बढ्न नसकेको र निस्प्रभावी र पक्षपातपूर्ण भएको बताए ।

ओलीले जनताका चाहना नै एमालेको चाहना भएको भन्दै एमाले एकताबद्ध बनेको सन्देश जनतामाझ पु¥याउनु अहिलेको आवश्यकता रहेको उल्लेख गरे । ओलीले संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा गर्ने पार्टी एमालेमात्रै रहेको दावी गरे । ओलीले व्यक्तिगत स्वार्थ, गुटगत स्वार्थबाट जोगिएर अघि बढ्न कार्यकर्तालाई आह्वान गरे ।

प्रतिक्रिया दिनुहोस्