Logo
Logo
टिप्पणी

‘अर्ली इलेक्सन’ भित्रको षड्यन्त्र



काठमाडौं । बाढीपहिरो निरीक्षण गर्ने बहानामा गतसाता सुदूरपश्चिम प्रदेश पुगेका नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले अर्लि इलेक्सनको प्रसंग निकालेर मंसिर ९ देखि १३ गतेसम्मका लागि तय गरिएको पार्टीको १४ औं महाधिवेशनको तिथि पुनः सार्ने संकेत गरेपछि पार्टीभित्र आलोचना शुरु भएको छ ।

सभापतिको चार बर्षे कार्यकाल लम्ब्याउँदै देउवाले तोकिएको महाधिवेशन पटक–पटक गरी चार पटकसम्म सारिसकेका छन् । मंसिरका लागि तोकिएको महाधिवेशन पुनः सार्नका लागि सभापति देउवाले अर्लि इलेक्सनको प्रसंग अगाडि सारेका छन् । आफ्नो पक्षमा माहौल नबनेपछि सभापति देउवा महाधिवेशन सार्ने तयारीमा लागेका हुन् । उनी कतिसम्म कमजोर भएका रहेछन् भन्ने कुरा गृहजिल्ला डडेल्धुराको वडा अधिवेशन प्रहरी फौज लगाएर गर्नुले प्रष्ट हुन्छ । अर्कातिर अधिवेशन सकिएका हिमाली जिल्ल्लामा पनि आफू कमजोर भएको देउवा पक्षको बुझाइ छ ।

क्रियाशील सदस्यता टुंग्याउँन बाँकी ३ जिल्लाका बिषयमा छानविन समितिले अझै टुंगो लगाउन सकेको छैन । जसले गर्दा महाधिवेशन समयमै हुनेमा आशंका छ । छानबिन समितिमा रहेका सदस्यहरुले पनि क्रियाशील सदस्यता टुंग्याउन उतिसारो चासो देखाएका छैनन् । त्यसो त समितिकै केही सदस्य महाधिवेशन लम्ब्याएर व्यक्तिगत स्वार्थ पूरा गर्नमा उद्यत रहेको चर्चा कांग्रेसभित्र छ ।

समयमै महाधिवेशन हुनुपर्छ भन्ने अडानमा रहेका रामचन्द्र पौडेल पक्षीय नेताहरुले सभापतिमाथि पर्याप्त दबाब दिन नसकेको पौडेलपक्षीय कतिपय नेताहरु नै बताउँछन् । पब्लिक कन्जम्सनका लागि समयमै महाधिवेशन हुनुपर्छ भने पनि सभापतिमाथि दबाब सिर्जना गर्न भने पौडेल पक्षले सकेका छैनन् ।

अर्लि इलेक्सनका नाममा महाधिवेशन पर धकेलेर संसदको चुनाबमा आफ्ना निकटका नेताहरुलाई टिकट दिने र पुनः प्रधानमन्त्री बनेर आफू अनुकुलको महाधिवेशन गराउने देउवाको भित्री खेल कांग्रेसजनमा ओपन सेक्रेट जस्तै छ ।

पार्टी भाँडमै जाओस् देउवाको यो हदको अब खुलेर बिरोध गर्नुपर्छ भनेर केही सिनियर नेताहरु अर्लि इलेक्नसको घोषणा गरेमा सभापति पदबाट देउवाले महाधिवेशन गर्न नसकेकोले नैतिकताका आधारमा राजीनामा माग्ने तयारी गरेका छन् । अधिवेशन सकिएका १३ जिल्लाका सभापतिहरुले पनि संयुक्त रुपमा सभापति देउवाको राजीनामा माग्ने तयारीमा जुटेका छन् ।

प्रतिक्रिया दिनुहोस्