Logo
Logo

सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक


189
Shares

काठमाडौं । प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक आज बस्दै छ । संसद्लाई प्रविधिमैत्री बनाउने र सांसदहरूले उठाएका जनसरोकारका विषयको सुनुवाइलाई प्रभावकारी बनाउने उद्देश्यले सभामुख डोलप्रसाद अर्यालले बैठक बोलाएका हुन् । 

The current image has no alternative text. The file name is: dp-aryal-samsad.jpg

सिंहदरबारस्थित कार्यव्यवस्था हलमा दिउँसो १२ बजे बस्ने गरी बैठक बोलाइएको हो । संसद्को शून्य समय, आकस्मिक समय र विशेष समयमा सांसदहरूले उठाउने जनसरोकारका विषयलाई अब डिजिटल प्रणालीमार्फत सम्बन्धित मन्त्रालय तथा निकायहरूसँग जोड्ने तयारी गरिएको छ । यस्तो प्रणाली कार्यान्वयनमा आएपछि सांसदहरूले उठाएका विषयमा सरकारले के निर्णय गर्‍यो, कार्यप्रगति कस्तो छ र कहिले सम्बोधन भयो भन्ने कुरा ट्र्याक गर्न सहज अपेक्षा रहेको सचिवालयले जनाएको छ । 

आजै दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ । संसद् बैठकका लागि परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले उत्तर दिने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्