Logo
Logo

सर्वोच्चका न्यायाधीशहरु आज पनि बैठक बस्दै



काठमाडौैं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आएका सर्वोच्च अदालतका १५ जना बहालवाला न्यायाधीश आज पनि छलफलमा बस्दैछन् ।

न्यायालयमा देखिएको अहिलेको संकटको कारक प्रधानन्यायाधीश जबरा नै रहेको निष्कर्ष निकाल्दै आज बिहान साढे ११ बजे न्यायाधीशहरूको बैठक बस्न लागेको हो ।

यस अघि न्यायाधीशहरूले प्रधानन्याधीश जबराले राजीनामा नदिएसम्म इजलासमा नबस्ने अडान लिइसकेका छन् । उनीहरुले मंगलबारको बैठकमा प्रधानन्यायाधीशको राजीनामा माग्ने सामूहिक अडान राखेका थिए । त्यस्तै प्रधानन्यायाधीश जबराले तोक्ने कुनै पनि पेसी नहेर्ने उनीहरुको अडान छ ।

मंंगलबार बिहान मात्र न्यायाधीशहरूले प्रधानन्यायाधीश जबरालाई सामूहिक रुपमा भेटेर मार्गप्रशस्त गर्न औपचारिक आग्रह गरेका थिए । तर, जबराले ‘प्रश्न उठेका सबै न्यायाधीशले राजीनामा दिने भए आफू पनि तयार रहेको’ जवाफ फर्काएका थिए ।

को-को हुन् १५ जना न्यायाधीश ?
५ जना न्यायाधीशमा दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, डा आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुँयाल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्