Logo
Logo

उदयपुरको कटारीमा ग्लोबल आइएमई बैंकको शाखा सञ्चालन


252
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले उदयपुरको कटारी बजारमा मंगलबारदेखि बैंकको नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उदयपुर जिल्लाको कटारी नगरपालिका–३ स्थित कटारीबजारमा नयाँ शाखाको सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २८३ पुगेको छ ।

मुलुकभर तथा मुलुक बाहिर बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकले ७६ जिल्लामा २८३ शाखा, २५१ एटीएम, २६० शाखारहित बैंकिङ सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८४० भन्दा बढी सेवा केन्द्रबाट २६ लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आएको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्