Logo
Logo

पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको मृत्यु



काठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको आज बिहान मृत्यु भएको छ ।

काठमाडौंको मेडिकेयर अस्पतालमा उपचारका क्रममा ८४ वर्षीय लम्सालको आज बिहान मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । स्वास्थ्यमा समस्या आएकाले केही दिनदेखि मेडिकेयर अस्पतालमा उपचाररत थिए ।

लम्साल २०५८ सालमा गठित बहुचर्चित सम्पत्ति छानबिन आयोगका अध्यक्ष थिए । उनको नेतृत्वमा आयोग गठन भएकाले उक्त प्रतिवेदनलाई लम्साल आयोगको प्रतिवेदन भन्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्