Logo
Logo

एमालेको स्थायी कमिटी बैठक बस्दै



काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी बैठक आज अपरान्ह ४ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्दैछ ।

आजको बैठकमा वडा र पालिका अधिवेशनको समीक्षा तथा राष्ट्रिय महाधिवेशनको तयारीबारे छलफल हुुने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

एमालेले कात्तिक ६ गते वडाहरूमा अधिवेशन सम्पन्न गरेको थियो भने कात्तिक ९ गते पालिकाहरुमा एकसाथ अधिवेशन सुरु गरेको थियो । सबै वडा र सबै पालिकामा एकैसाथ अधिवेशन सम्पन्न गर्ने एमालेको योजना रहेतापनि एमाले सफल हुन सकेन ।

छिटफुट बाहेक वडा अधिवेशन सहमतिकै आधारमा सम्पन्न भयो पालिका अधिवेशन भने एमालेले सोचे जस्तो भएन । धेरै अधिकांश पालिका अधिवेशनमा विवाद हुँदा नेतृत्व चयन गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्