Logo
Logo

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुँदै



फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच स्कटल्याण्डको ग्लास्गोमा भेटवार्ता हुने भएको छ । ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी २६ औंसम्मेलनमा सहभागी हुने क्रममा दुई देशका समकक्षीबीच भेटवार्ता हुने भएको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सम्मेलनका क्रममा देउवा र मोदीबीच साइडलाइन वार्ता तय भएको छ । वार्ताका लागि नेपालले गरेको आग्रह भारतले स्वीकार गरेको बताइएको छ ।

प्रधानमन्त्री देउवा शुक्रबार स्कटल्याण्ड प्रस्थान गर्दैछन् । जलवायु परिवर्तनसम्बन्धी सम्मेलन यही कात्तिक १२ गतेदेखि २६ गतेसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्