Logo
Logo

‘प्रधानन्यायाधीश जबराको बारेमा अनविज्ञ छु’



पोखरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तीनै तहको चुनाव एकै पटक हुनुपर्ने धारणा राखेका छन् । शुक्रबार पोखरामा पत्रकार महासंघ गण्डकीले आयोजना गरेको पत्रकार सम्मेलमा अध्यक्ष नेपालले सबै चुनाव एकैपटक गर्न पाए खर्च पनि कम हुने बताए ।

छुट्टाछुट्टै चुनाव गर्दा राज्यले ठूलो आर्थिक भार वहन गर्नुपर्ने भन्दै पूर्वप्रधानमन्त्ती समेत रहेका नेपालले भने, ‘एउटा प्रदेशको काम एकैचोटि सम्पन्न गर्ने, अर्को प्रदेशको एकैचोटि सम्पन्न गर्ने । राष्ट्रको सम्पत्ति पनि धेरै जोगिन्थ्यो होला ।’

यस्तै, पछिल्लो समय विवादमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको विषयमा आफू अनविज्ञ रहेको बताए । प्रधानन्यायाधीशलाई विवादमा ल्याउने काम एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण सुरु भएको आरोप लगाउँदै अध्यक्ष नेपालले भने, ‘ओली अनेक किसिममा जालझेल, तिगडम गर्नुहुन्छ । सबैले राजीनामा दिनुपर्छ भनेर न्यायिक क्षेत्रको हुर्मत लिन खोज्दै हुनुहुन्छ ।’

ओलीले कसैको मानसम्मान गर्ने सिस्टम भत्काउँदै हिँडेकाले न्यायिक क्षेत्र समस्यामा परेको उनकोे जिकीर छ । अध्यक्ष नेपालले भने, ‘हामी सिस्टम बसाल्दै जान्छौँ, उहाँ सिस्टम भत्काउन चाहनुहुन्छ । यसकारण न्यायपालिका क्षेत्रमा केही समस्या भएका छन् भन्ने सुनेको छु ।’

प्रतिक्रिया दिनुहोस्