Logo
Logo

प्रधानन्यायाधीशविरुद्ध आन्दोलन गर्ने बारको तयारी



फाइल फोटो

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले राजीनामा नदिए कानून व्यवसायीको छाता संगठन नेपाल बार एसोसियसनले आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ ।

बारका महासचिव लिलामणि पौडेलका अनुसार प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलनका कार्यक्रमको तयारी गर्न अहिले बार एसोसियसनको बैठक बस्दैछ ।

बैठकले अब के कसरी अघि बढ्ने भन्ने स्पष्ट निर्णय गर्ने उनले जानकारी दिए । बारको यसअघि बसेको बैठकले पनि प्रधानन्यायाधीश राणालाई राजीनामा दिन सुझाएको दिसकेको छ ।

बारसँगै सर्वोच्चमा न्यायाधीशले पनि राजीनामा दिएर मार्ग प्रशस्त गर्न माग गरिसकेका छन् । यद्यपी प्रधानन्यायाधीश राणाले राजीनामा नदिने बरु महाअभियोगको सामाना गर्ने अडान राखेकाले बारले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलनको घोषणा गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्