Logo
Logo

यादवलाई प्रचण्डको आग्रह,‘पार्टी एकता गरेर महासागर बनाऔँ’



काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादीसँग पार्टी एकताको प्रस्ताव राखेका छन् । अध्यक्ष प्रचण्डले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पार्टी एकीकरणको लागि आग्रह गरेका हुन् ।

अध्यक्ष प्रचण्डले शनिबार सर्लाहीमा आयोजिक कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रममा आफूसँगै उपस्थित जसपाका नेता महेन्द्र राय यादवलाई सम्बोधन गर्दै उनले भने, ‘म महेन्द्रजीलाई पनि भन्छु पार्टी एकता गरौं, ढुक्कै । क्षेत्रीय पार्टी बनाएर किन बस्ने ?’

प्रचण्डले क्षेत्रीय पार्टीबाट मधेसी र पहाडी जनताको मुक्ति हुन नसक्ने पनि बताए । ‘म तपाईंहरू (उपेन्द्र यादव र महिन्द्रराय यादव) लाई आग्रह गर्छु( ढिलो नगरी पार्टी एकता गरौँ, ढुक्कै । किन बेकारमा अलग्गै टाकुरो बनाएर बस्ने ? पार्टी एकता गरेर महासागर बनाऔँ,’ उनले भने ।

उनले एकताको प्रक्रिया अघि बढाउन ढिलो नगर्न जसपालाई आग्रह पनि गरे । ‘तपाईंहरू ढिलो नगर्नुस्, तपाईंहरूलाई चाहिने सम्मान र अधिकार दिन हामी कन्जुस्याइँ गर्नेवाला छैनौँ,’ उनले भने, ‘म कस्तो मान्छे हो र माओवादी पार्टी कस्तो हो भन्ने कुरा उपेन्द्र र महिन्द्रजीलाई राम्रोसँग थाहा छ ।’

प्रतिक्रिया दिनुहोस्