Logo
Logo

इग्ल्यान्डको लगातार तेस्रो जित, अष्ट्रेलिया ८ विकेटले पराजित



काठमाडौं । इग्ल्यान्डले आइसीसी टी– ट्वान्टी विश्वकप क्रिकेटमा लगातार तेस्रो जित निकालेको छ । शनिबार सुपर–१२ को समूह–१ मा रहेको इग्ल्यान्डले अष्ट्रेलियालाई ८ विकेटले हराउँदै सेमिफाइनल नजिक पुगेको हो ।

१२६ रनको लक्ष्य पछ्याएको इग्ल्यान्डले ११ ओभर ४ बलमा २ विकेटको क्षतिमा १२६ रन बनाएको थियो । इग्ल्यान्डको जितमा ओपनर जस बटलर ७१ रनमा अविजित रहे ।

अर्का ओपनर जेसन रोयले २२ रन बनाए । यसअघि दुबईमा टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलिया निर्धारित २० ओभरमा १२५ रनमा अल आउट भयो ।

अष्ट्रेलिया ओपनर तथा कप्तान आरोन फिन्चले सर्वाधिक ४४ रनको योगदान दिए । इग्ल्यान्डका क्रिस जोर्डनले सर्वाधिक ३ विकेट लिए । टाइमल मिल्सले २, आदिल राशिद र लियाम लिभिङस्टोनले १-१ विकेट लिए ।

इग्ल्यान्डले पहिलो खेलमा वेस्टइन्डिजलाई ६ विकेट र बंगलादेशलाई ८ विकेटले हराएको थियो । अष्ट्रेलियाले पहिलो खेलमा दक्षिण अफ्रिकालाई ५ विकेट र दोस्रो खेलमा श्रीलंकालाई ७ विकेटले पराजित थियो ।

सुपर–१२ को समूह–१ मा इग्ल्यान्डले ३ खेलमा ३ जितका साथ ६ अंक जोड्दै शीर्षस्थानमा छ । अष्ट्रेलिया ३ खेलमा २ जित र १ हार सहित ४ अंकका साथ दोस्रो स्थानमा छ ।

यसअघि शनिबारै भएको पहिलो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकामाथि चार विकेटको जित हात पारेको थियो । जितको लागि १४३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १९ ओभर पाँच बलमा ६ विकेट गुमाउँदै १४६ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्