काठमाडौं । प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने वा राजीनामा गर्ने भन्ने विषयमा पार्टीका नेताहरुसँग परामर्श गरेका छन् । मुख्यमन्त्रीले आफ्नो निवासमा दलका नेताहरुसँग भएको छलफलमा प्रदेश सभा बैठ ‘फेस गर्ने’ वा राजीनामा गर्ने भन्ने विषयमा छलफल भएको हो ।
‘सरकारको कार्यप्रगति विवरण पेस गर्छु त्यसपछि राजिनामा घोषणा गर्नु परे त्यहीं गर्छु’, आचार्यले छलफलमा भनेका छन् । विश्वास मतको प्रस्तावमाथि मत विभाजन गर्ने अथवा राजीनामा मध्ये एक रोज्ने आचार्यको तयारी छ । छलफलमा भएको निष्कर्श सुनाउँदै आचार्यले सरकारको नेतृत्व लिएपछि आफूले गरेका कामको विवरण प्रदेश सभामा पेश गर्ने तयारी गरेका छन् ।
उनी भदौ १० गते शेरधन राईले राजीनामा दिएपछि पहिले संसदीय दलको नेता र त्यसपछि मुख्यमन्त्री बनेका थिए । एमाले विभाजन भएपछि आचार्य नेतृत्वको सरकार अल्पमतमा परेको छ । आज विश्वासको मत लिने कार्यसूची छ । उनी मुख्यमन्त्री भएको आज ६८ दिन पुगेको छ ।
आचार्य बाहिरीए संगै गठनबन्धनले नेकपा एस का नेता राजेन्द राईलाई मुख्यमन्त्रीको रुपमा पस्ताव गर्ने निर्णय गरेका छन् । विपक्षी गठबन्धनसँग ५० सांसद छन् । वहुमतको लागि ४७ जना चाहिन्छ । विभाजन पछि एमाले सांसद संख्या ४१ भएको छ ।














