काठमाडौं । यसपालि तिहारको भाइटीकाको उत्तम साइत २० गते शनिवार बिहान ११ बजेर २ मिनेटमा रहेको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अ कार्यकारी निर्देशक एवं सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलका शास्त्रकाअनुसार मनुष्यको पूजा मध्यान्नकाल भित्रै गर्नुपर्ने उल्लेख भएकाले सकेसम्म १२ बजे भित्रै भाइटीका लगाउँन सुझाव दिए ।
यो समयमा पनि टीका लगाउन नभ्याए दिनभरि नै लगाउन सकिन्छ । यसपालिको तिहार १७ गतेबाट सुरु हुँदैछ । यो साल तिथि घटबढ भएकाले काग तिहार र कुकुर तिहार एकै दिन परेको छ ।
पर्सि बिहान कागको पूजा गरेपछि कुकुरको पूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।














