Logo
Logo

प्रदेश १ को मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान



काठमाडौँ । प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले नयाँ सरकार गठनका लागि दावी पेश गर्न दलहरूलाई आह्वान गरेका छन् ।

सोमबार प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख प्यासीले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।

प्रदेश प्रमुख प्यासीले मंगलबार दिउँसो १ बजेभित्र नयाँ सरकार गठनको दावी पेश गर्न दलहरुलाई आह्वान गरेका छन् । उनले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम दावी पेश गर्न आह्वान गरेका हुन् ।

मुख्यमन्त्रीको आह्वानपछि दलहरूले नयाँ सरकारका लागि दावी पेस गर्ने तयारी थालेका छन् ।

सोमबार सरकारका लागि दाबी पेश गर्न भन्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीसहितको गठबन्धनका ५० सांसदले हस्ताक्षर संकलन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्