Logo
Logo

प्रदेश १ का मुख्यमन्त्री र मन्त्रीहरुले लिए शपथ



विराटनगर । मंगलबार नियुक्त भएका प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई र मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

उनीहरुलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासीले शपथ’ गराएका हुन् ।

शपथ ग्रहण गर्नेहरुमा नेपाली काङ्ग्रेसबाट केदार कार्की आन्तरिक मामिला तथा कानुनमन्त्री र हिमाल कार्की भौतिक पूर्वाधार मन्त्री, माओवादी केन्द्रबाट इन्द्रबहादुर आङ्बो आर्थिक मामिला तथा योजनामन्त्री र जसपाबाट जयराम यादव सामाजिक विकास मन्त्री छन् ।

साथै, सामाजिक विकास राज्यमन्त्रीमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी विष्णुमाया तुम्बाहाङ्फेले शपथ ग्रहण गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्