
चितवन । सिंहराम चेपाङ मंगलबार औधी खुसी देखिन्थे । हातमा पहिलोपटक १२ हजार रुपैयाँ समाउन पाउँदा उनी गद्गद् छन् । दुःखको कुरा यति हो कि, १२ हजार नगद लिन उनले १३ वर्षसम्म पर्खनुपर्यो ।दुःखभन्दा पनि यसबीचमा अनेक झन्झटले उनलाई पिरल्यो ।
वृद्धभत्ता अर्थात् सामाजिक सुरक्षा भत्ता बापत पाउने रकम उनले पहिलोपटक बुधबार पाएका हुन् । नागरिकतामा भएको सामान्य त्रुटीका कारण उमेर पुगे पनि उनी भत्ताबाट १३ वर्षसम्म वञ्चित भए ।
चितवनको विकट पहाडी गाउँ लोथर कान्दाको खोँचमा उनको छाप्रो छ । सिंहराम र उनलाई चिन्नेहरू उनी वि। सं १९९५ सालमा जन्मेका हुन् भन्छन् । यस हिसाबले उनी ८३ वर्ष पुगिसकेका छन् ।
सिंहरामलाई नागरिकता बनाउनुपर्छ भन्ने आधारभूत ज्ञान नै थिएन पहिले। न त यसको उपयोगिताबारे नै जानकार थिए । वि सं २०४६ सालको जेठमा नागरिकता बनाउन गाउँमै टोली जाँदा भने उनको उमेर ५१ वर्ष पुगिसकेको रहेछ ।, यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।














