Logo
Logo

प्रचण्डको चेतावनी- ‘जनताको पक्षमा काम नगर्ने मन्त्रीलाई एक मिनेट पनि बाँकी राखिन्न’


882
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका तर्फबाट मन्त्री बनेकाहरुले थोरै मात्रै गडबड गरेको भेटे एक मिनेट पनि बाँकी नराख्ने चेतावनी दिएका छन् ।

नेकपा माओवादी केन्द्र थिमि भक्तपुरले तिहार तथा नेपाल संवतको अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी पार्टी जनताको पार्टी भएकाले जनताको पक्षमा काम नगर्ने कुनै पनि मन्त्रीलाई बाँकी नराख्ने चेतावनी दिएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने– ‘हामी मन्त्रीहरुलाई जनताको पक्षमा काम नगरे जस्तोसुकै ठूलो पदको मन्त्री भए पनि कडा स्टेप चाल्नेमा छौं, अहिले । जनताको पक्षमा काम नगर्ने मन्त्रीलाई तुरुन्तै कारवाही गर्ने मान्यताबाट हामी अगाडि बढेका छौं ।’

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भक्तपुरमा परम्परागत शासन ढालेर प्रगतिशिल शासन व्यवस्था लागु गर्नुपर्नेसमेत बताएका छन् । भक्तपुरमा नाराणमान बिजुक्छे नेतृत्वको नेपाल मजदुर किसान पार्टीले लामो समयदेखि पकड जमाएका ेप्रति इङ्गीत गर्दै भने– ‘यहाँ काम गर्ने हामी, त्यसको फल पाउने अरु भएका छन् । हामीले जति काम गरे पनि टुलुटुलु हेरेर बस्नु परेको छ । अब यहाँ परम्परागत शासन ढालेर प्रगतिशिल व्यवस्था लागु गर्नुपर्छ । त्यसको अग्रसरता माओवादीले लिन्छ ।’

विगतमा माओवादी आफ्नो अजेण्डाहरुमा अडिग रहन नसक्दा अहिलेको अवस्था आएको भन्दै अध्यक्ष प्रचण्डले अब जनताकै साथ लिएर पुरानै अवस्थामा फर्कनेसमेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्