Logo
Logo

कोभिडविरुद्ध सुईको साटो खाने चक्कीलाई पहिलो पटक बेलायतद्वारा अनुमति


1.3k
Shares

लन्डन । लक्षण देखिने कोभिडका बिरामीहरूको उपचारका लागि बनाइएको पहिलो खाने चक्कीलाई पहिलो पटक बेलायतको औषधि नियामक निकायले अनुमति दिएको छ ।

मोल्न्यूपिरभीर नाम दिइएको उक्त चक्की कोभिडको ताजा लक्षण देखिएका बिरामीहरूलाई दिनमा दुई पटक दिइनेछ। शुरूमा रुघाखोकीको उपचारका लागि विकास गरिएको उक्त चक्कीले कोरोना संक्रमणबाट अस्पताल भर्ना हुनुपर्ने अथवा मृत्यु हुने जोखिमलाई आधाले घटाइदिएको क्लिनिकल परीक्षणहरूबाट देखिएको छ।

बेलायतका स्वास्थ्यमन्त्री साजिद जाविदले दुर्बल तथा रोगप्रतिरोधी क्षमता कमजोर भएका मानिसहरूका लागि यो ओषधी महत्त्वपूर्ण हुने बताएका छन्। उनले कोभिडका बिरामीको उपचारका लागि घरमै लैजान सकिने एन्टिभाइरललाई अनुमति दिने बेलायत विश्वकै पहिलो मुलुक बनेको पनि बताए ।

अमेरिकी कम्पनीहरू मर्क, शार्प एन्ड डोम र रिजब्याक बायोथेराप्यूटिक्सले बनाएको कोभिड विरुद्धको यो पहिलो औषधी हो ।परीक्षणमा रहेको खाने चक्कीले कोभिड अस्पताल भर्ना दरको जोखिम आधा घटाउने पनि अनुसन्धानले देखाएको छ ।, यो समाचार आर्थिक अभियान दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्