Logo
Logo

न्यायालय विवादबारे धारणा बनाउन शीर्ष नेताबीच बालुवाटारमा छलफल



काठमाडौं । सत्तारुढ तीन दलका शीर्ष नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच शुक्रबार साँझ भेटवार्ता भएको हो ।

शीर्ष नेताबीच न्यायालय विवावबारे संयुक्त धारणा बनाउने विषयमा छलफल भएको बुझिएको छ । अध्यक्षद्वय प्रचण्ड र नेपालले प्रधानमन्त्री देउवासँग न्यायालय विवादमा कांग्रेसको धारणा सोधेका थिए । छलफलका क्रममा प्रधामन्त्री देउवाले अझै केही दिन परिस्थिति हेरेर मात्र यस विषयमा गठबन्धले निचोड निकाल्नुपर्ने प्रतिकृया दिएका छन् ।

भेटवार्ताका क्रममा एमसीसीको विषयमा समेत कुराकानी भएको बुझिएको छ । एकसाता लामो विदेश भ्रमणबाट स्वदेश फर्कने क्रममा प्रधानमन्त्री देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै ‘एमसीसी पास गर्न प्रचण्ड र मैले पत्र लेखिसकेका छौ’ भनेपछि उत्पन्न परिस्थितिबारे छलफल भएको हो ।

न्यायलय विवादको विषयमा एकीकृत समाजवादीले गठबन्धनमा आवद्ध दलहरुसँग छलफल गरेर धारणा बनाउने निर्णय परिसेको छ भने माओवादी, कांग्रेस, जसपा र जनमोर्चाले के गर्ने भन्ने विषयमा निर्णय गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्