Logo
Logo

अडियो प्रकरणबारे खगेन्द्र सुनार-‘त्यो पात्र म होइन, प्रहरीबाटै फसाउने प्रयास भयो’


0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले सामाजिक सञ्जालमा सार्वजनिक भएको विवादास्पद अडियोमा आफ्नो संलग्नता नरहेको  बताएका छन् । उनले आफूलाई प्रहरीभित्रको भ्रष्टाचार र बदमासीबारे संसद्को सार्वजनिक लेखा समितिमा प्रश्न उठाएकै कारण नियोजित रूपमा घेराबन्दी गरिएको आरोपसमेत लगाएका छन् ।

The current image has no alternative text. The file name is: khagendra.jpg

मङ्गलवार फेसबुकमार्फत एक भिडियो सार्वजनिक गर्दै सुनारले पछिल्लो समय आफू विरुद्ध घुस खाएको, भ्रष्टाचार गरेकोलगायत विभिन्न आरोप लगाइएको बताए । उनले हिजो सार्वजनिक भएको अडियोमा सुनिएको पात्र आफू नभएको र त्यसमा आफ्नो कुनै सम्बन्ध नरहेको दाबी गरेको हुन् । 

उनले भनेका छन् ‘अहिले सामाजिक सञ्जालमा जे अडियो, भिडियो भनेर आएको छ, त्यसमा मेरो कुनै सम्बद्धता छैन, त्यो पात्र म होइन ।’

सुनारले प्रहरीभित्रको भ्रष्टाचारबारे प्रश्न उठाएपछि नेपाल प्रहरीको प्रधान कार्यालयदेखि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सम्मबाट आफूलाई फसाउने प्रयास भएको आरोप लगाए । उनका अनुसार आफूसँग सम्बन्धित साथीभाइ, आफन्त र चिनजानका व्यक्तिलाई बोलाएर आफू विरुद्ध मुद्दा हाल्न उक्साइएको थियो। मुद्दा हाले पैसा र सम्मान दिनेसम्मका प्रस्ताव गरिएको उनको दाबी छ ।

 उनले के भने 

प्रतिक्रिया दिनुहोस्