Logo
Logo

सरकारले सबै धर्म संस्कृतिको संरक्षण गर्छ : मन्त्री श्रेष्ठ


819
Shares

दमौली । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सरकारले सबै धर्म संस्कृतिको संरक्षण गर्ने बताएका छन् ।

नेपाल संवत् ११४२, तिहारलगायतका चाडपर्वका अवसरमा तनहुँको घिरिङ गाउँपालिका–३ मानपुरमा आज आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सरकार अभिभावक भएकाले सबै धर्म संस्कृतिको संरक्षण गर्नु सरकारको दायित्व भएको उल्लेख गरेका छन् ।

मन्त्री श्रेष्ठले नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शङ्खधर साख्वाःको योगदानको चर्चा गर्दै गरिबी उन्मूलनको अभियान थालनी गरेर महत्वपूर्ण काम गरेको उल्लेख गरे । मन्त्री श्रेष्ठले भने, “सबै धर्म, संस्कृतिका कारण नै आज समाजमा सद्भाव कायम रहेको छ, त्यसलाई निरन्तरता दिनुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्