Logo
Logo

हिन्दु अधिराज्य पुर्नस्थापनाको माग गर्दै ऱ्याली



काठमाडौं । अखण्ड नेपाल हिन्दु अधिराज्य पुर्नस्थापनाको माग गर्दै संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले सोमबार काठमाडौंमा बृहत ऱ्यालीको आयोजना गरेको छ ।

मोर्चाको महिला केन्द्रीय समितिले काठमाडौंको माइतिघरमा बृहत र्याली तथा विरोध सभाको आयोजना गरेको हो ।

तत्कालीन राजा वीरेन्द्र शाह र दलहरूबीच भएको २०४७ सालको संविधानलाई टेकेर गरिएको पाँच बुँदे सम्झौता अक्षरशः पालन गर्न माग गर्दै मोर्चाले आन्दोलन गरेको हो ।

उनीहरुले न्यायालयभित्रको बेथिति, विसंगति, नेपाल बार एशोसिएशनले सुरु गरेको आन्दोलनको बिरोध पनि गरेका छन् । देशको संकट, भ्रष्टाचारको विरुद्धमा आफूहरु आन्दोलित हुनुपरेको मोर्चाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्