Logo
Logo

आगलागीमा ७० लाख बराबरको क्षति



मोरङ । मोरङ जिल्लाको पथरी शनिश्चरे–६ मा आगलागी हुँदा करिब ७० लाख बराबरको क्षति भएको छ। सोमबार बिहान ९ः३० मा स्थानीय सुबोल चन्द्रवंशीको घरमा आगलागी भएको हो ।

आगलागीमा चन्द्रवंशीको घरमा रहेको नगद र जिन्सी जलेर नस्ट भएको प्रहरीले जनाएको छ । चन्द्रवंशीले जग्गा खरिदको लागि बैंक र आफन्तबाट लिएको ४० लाख ऋण, ८ तोला सुन, २० तोला चाँदी, ३० मन सनपाट, १२ मन मकै, एउटा बाख्रा, २ वटा साइकल, ५ मन चामल, छठका लागि ल्याइएका ३० हजार बराबरको सामाग्री, एउटा ल्यापट, एलइडी टीभी जस्ता सामानहरु जलेर नस्ट भएको प्रहरीले जनाएको छ ।

पूजा कोठामा राखिएको दियोबाट आगो सल्केको र बिजुली सट भई आगोलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्