Logo
Logo

यूएनडीपीको गाडीले सिंहदरबारभित्रै रास्वपा सांसदको गाडीलाई ठक्कर दियो


378
Shares

काठमाडौं । संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) को गाडीले सिंहदरबारभित्रै रास्वपा सांसदको गाडीलाई ठक्कर दिएको छ ।

सिंहदरबारभित्रको विज्ञान प्रविधि मन्त्रालय अगाडि केहीबेर अघि यूएनडीपीको ६६–१–००१२ नम्बरको गाडीले रास्वपा सांसद नितिमा कार्की भण्डारीको बागमती प्रदेश ०१ ०२८ च ९००९ नम्बरको गाडीलाई ठक्कर दिएको हो ।

स्रोतका अनुसार रास्वपा सांसद कार्कीको गाडी रोकिराखेको थियो । सो ठाउँमा दक्षिण गेटतर्फ आउँदै गरेको गाडीलाई यूएनडीपीको गाडीले ठक्कर दिएको हो । अहिले घटनाबारे थप बुझ्ने काम भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्