Logo
Logo

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक


1k
Shares

काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । एमालेले असोज ५ देखि ३ दिनसम्म बस्ने गरी केन्द्रीय कमिटी बैठक आह्वान गरेको हो ।

असोज ५, ६ र ७ गते केन्द्रीय कमिटी बैठक बोलाइएपनि ठाउँ र एजेन्डा तोक्न बाँकी रहेको पार्टीका प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए । उनका अनुसार बैठकका एजेण्डा सचिवालय बैठक बसेर तय हुन्छ । बैठकमा निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका विषयमा अध्ययन गर्न गठित कार्यदलको प्रतिवेदनबारे छलफल हुनेछ ।

एमालेका वरिष्ठ उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा बनेको कार्यदलमा अलग–अलग धारणाका दुई प्रतिवेदन पेस भएपछि यसमा सहमति हुन बाँकी छ ।

कार्यदलका सदस्यसचिव रहेका एमाले महासचिव शंकर पोखरेलले पार्टी पुनर्गठनका लागि अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने प्रस्तावसहित ६५ पृष्ठको प्रतिवेदन तयार पारेका छन् भने यसविपरीतको तर्क गर्दै संयोजक बादलले ३९ पृष्ठको प्रतिवेदन लेखेका छन् ।

हालै बसेको कार्यदलको बैठकमा दुवै प्रतिवेदन पेस भएपछि दुवैलाई एउटै बनाई फेरि असोज १ गते बस्ने कार्यदलको बैठकमा पेस गर्ने समझदारी बनेको छ । यसलाई एउटै प्रतिवेदन बनाउने जिम्मा कार्यदल संयोजक बादल, उपाध्यक्ष विष्णु पौडेल र कार्यदलका सदस्य सचिव पोखरेललाई दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्