Logo
Logo

भारतले नदिए पनि कालापानी, लिपुलेक र लिम्पियाधुरामा जनगणना हुने


2.5k
Shares

काठमाडौं । देशभर १२ औं राष्ट्रिय जनगणनाको मुलगणना सुरु हुने भएको छ । बिहीबारदेखि केन्द्रीय तथ्यांक विभागले देशभर जनगणना सुरुगर्ने भएको हो ।

विभागले भारत सरकारले अनुमति नदिएपनि दार्चुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा जनगणना अनुमानका आधारमा गर्ने भएको छ ।

विभागका अनुसार सो क्षेत्रमा गणकहरुको उपस्थितिमा जनगणना गर्न परराष्ट्र मन्त्रालयमार्फत भारतसँग समन्वय भइरहेको तर भारतले अनुमति नदिए अनुमानका आधारमा गर्नुपर्ने भएको छ ।

विभागले परराष्ट्र मन्त्रालयमार्फत भारतले दिएमा फिजिकल्ली गर्ने र नसके अन्य स्रोतमा आधारित रहेर गरेको प्रक्षेपणमा ७ देखि ८ सय जनसंख्या रहेको अनुमान गर्ने, स्याटालाइट प्रयोग गर्ने, घर गनेर औसत निकालेर अनुमान लगाइने जनाएको छ ।

कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा जनगणना गर्ने विभिन्न विकल्पका रुपमा छलफल भइरहेको पनि विभागले जानकारी दिएको छ । विभागका अनुसार यसका लागि भारतीय सेनाले नेपालीलाई छिर्न दिँदैन, कि सेनालाई लगेर (जनगणना) गराउन सम्भव छैन, दोस्रोमा केही नगर्ने, तेस्रो, कुटनीतिक पहल गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्