Logo
Logo

राष्ट्रपतिद्वारा कमलपोखरीमा छठ पूजा (फोटोफिचर)


1.3k
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वको अवसरमा आज अपराह्न काठमाडौंको कमलपोखरी पुगेर सूर्यलाई अर्घ्य दिई पूजाअर्चना गरेकी छन्।

काठमाडौं महानगरपालिकाद्वारा आयोजित छठ पूजा समारोहमा सहभागी भएकी राष्ट्रपति भण्डारीले छठीमाईको दर्शन पनि गरिन् । काठमाडौं महानगरपालिका–१ का अध्यक्ष भरतलाल श्रेष्ठले आज राष्ट्रपति भण्डारीबाट पूजाअर्चनाबाहेकका अन्य कार्यक्रम यसपटक नगरिएको जानकारी दिए ।

छठ पर्वका अवसरमा यहाँ राष्ट्रप्रमुखबाट नियमितजसो नै कमलपोखरीको भ्रमण गरी पूजाअर्चना हुने गरेको छ । छठ पर्वका लागि कमलपोखरीलाई झकिझकाउ पारिएको छ ।

अहिले यहाँ अस्ताउँदो सूर्यलाई अर्घ्य दिने व्रतालुको ठूलो भीड छ । भौतिक पूर्वाधार निर्माण गरिएको र पोखरीसमेत सफाइ गरिएकाले यसपालि कमलपोखरी आकर्षक बनेको छ ।

प्रतिक्रिया दिनुहोस्