Logo
Logo

एकीकृत समाजवादीसँग नजिकिँदै इटहरीका मेयर चौधरी



काठमाडौं । नेकपा एमालेबाट निर्वाचित इटहरी उपमहानगपालिकाका मेयर द्वारिकलाल चौधरी माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीसँग नजिकिएका छन् ।

एकदिन अगाडिमात्र एकीकृत समाजवादीका प्रदेश १ अध्यक्ष तथा उदयपुरको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीसँग खानपान र भेटघाट गरेको तस्बिर र भिडियो पोस्ट गरेका चौधरीले शुक्रबार एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई घरमै स्वागत गरेका छन् ।

नेकपा एकीकृत समाजवादीका इटहरी नगर कमिटीको फेसबुक अकाउन्टबाट मेयर चौधरी र इटहरी–४ का अध्यक्ष चन्द्र भट्टराईको टोली नेकपा एसमा प्रवेश गर्ने लेखिएको छ । एकीकृत समाजवादी सुनसरीका अध्यक्ष गोविन्द निरौलाले प्रवेशका बारेमा औपचारिक निर्णय भने जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्