काठमाडौं । नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले प्रधान्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाउने पक्षमा नभएको बताएका छन् ।
रिपोटर्स क्लब नेपालले शनिबार काठमाडौंमा गरेको साक्षात्कारमा उनले प्रधानन्यायधिशलाई महाभियोग लगाउनेतिर एमालेको सोच नभएको बताएका हुन् । रायमाझीले प्रधानन्यायाधीश जबराको मात्रै राजीनामा मागेर समस्याको समाधान नहुने पनि जिकिर गरे ।
उनले नेपालमा पछिल्लो समय एकपछि अर्को गरेर संविधानविरोधी काम भएको आरोप लगाए । पार्टी फुटाउनको लागि अध्यादेश ल्याइएको भन्दै उहाले कार्यपालिका, न्यायापालिका र व्यवस्थापिकालाई कमजोर बनाउने काम गठबन्धनको सरकारले गरेको धारणा राख्नुभयो । त्यस्तै, रायमाझीले एमसीसीमा भएका गलत प्रावधान हटाएरमात्रै संसद्बाट पारित गरिनुपर्ने बताए ।
साक्षात्कारमा जनता समाजवादी पार्टी, नेपालका नेता मनिष सुमनले अहिले अदालतभित्र भैरहेको विवादको विषयमा आफ्नो पार्टीले नजिकबाट नियाँलिरहेको भएपनि यसबारेमा कुनै धारणा नबनाएको बताए । अदालतभित्रको चलिरहेको आन्दोलनबारेपनि जानेर नै मौन रहेको उनको भनाई छ ।
त्यस्तै, उहाले पेट्रोलियम पदार्थको मूल्यवृद्धि वा उपभोग्य वस्तुमा गरिएको महँगी कसैको लागि पनि आत्मीय हुन नसक्ने टिप्पणी गरे ।











