Logo
Logo

एमालेलाई केपी ओलीले वपौति बनाए : झलनाथ खनाल


882
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजावादी) का सम्मानित नेता झलनाथ खनालले एमालेलाई केपी ओलीले वपौति बनाएर विधिअनुसार नचालाएकाले आफूहरुले विद्रोह गरेको बताएका छन् ।

एकीकृत समाजवादीको आजदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले क्रान्तिकारी परिवर्तनका लागि विद्रोह गरिएको बताए ।

‘दक्षिणपन्थी अवसरवादतर्फ पार्टीलाई धकेल्ने, पार्टीलाई गुटबाट कब्जा गरेर समग्र पार्टीलाई ठप्प पार्ने, व्यक्तिस्वार्थ र पदलोलुपता देखाएर जनताले दिएको बहुमतलाई पटकपटक लत्याएकाले, पार्टीलाई वपौति बनाएर विधिअनुसार नचलाएकाले हामीले विद्रोह गरेका हौँ’ खनालले भने ।

माक्र्सले पनि आफैले गठन गरेको कम्युनिष्ट अन्तराष्ट्रिय विघटन गरेका एङ्गेल्सले दोस्रो अन्तराष्ट्रिय विघटन गरे बताउँदै उनले यो विघटनको कारण दक्षिणपन्थ र संशोधनवाद नै रहेको बताए ।

पाँचौँ महाधिवेशनले पारित गरेको जबजलाई नेपालको संविधानले समेटेको बताउँदै उनले जबज पुँजिवादी जनवादी क्रान्तिकै रुप भएको र अब जबज हाम्रो मार्गदर्शक सिद्धान्त बन्न नसक्ने भएकाले माक्र्सवाद लेनिनवाद नै मार्गदर्शक सिद्धान्त हुने बताए ।

विचारको वहस, छलफल र अध्ययनलाई तीब्रता दिएर पार्टीलाई वैचारिक सुस्पष्टता दिर्नुपर्ने सुझाव दिए । सैद्धान्तिक फौज नभइ पार्टी बन्न नसक्ने भएकाले अध्ययन शैलीमा सुधार गर्दै सैद्धान्तिक वैचारिक कामलाई नै प्राथमिकतामा राख्नुपर्नेमा खनालले जोड दिएका छन् ।

यस्तै बैठकमा पार्टीका सचिव एवं प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश १ लाई नमुनायोग्य तरिकाले सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पार्टीका उपाध्यक्ष एवं बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बागमती प्रदेशले प्रदेशका सबै छात्रालाई पढाउने बताए । बेरोजगारलाई मासिक ५० हजार कमाउन सक्ने गरी आय आर्जनसँग सम्बन्धित तालिम योजना प्रदेश सरकारको रहेको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्