Logo
Logo

भारत र अमेरिकाका मन्त्री नेपाल भ्रमणमा आउँदै




काठमाडौं । दुई मित्रराष्ट्रबाट उच्च अधिकारी नेपाल भ्रमणमा आउने तय भएको छ । छिमेकी देश भारत र अर्काे मित्रराष्ट्र अमेरिकाबाट उच्च अधिकारी नेपाल आउन लागेका छन् ।


भारतबाट यातायात मन्त्री नितिश गोडकरी नेपाल आउँदैछन् । उनी मंसिर २ गते नेपाल आउने तय भएको छ । पतञ्जली योगपिठको निमन्त्रणमा नेपाल आउँन लागेका गोडकरीले प्रधानमन्त्री शेरबहादुर देउवा लगायत उच्च नेतासँग भेट्ने तय भएको छ । गोडकरी भाजपाका प्रभावशाली नेता हुन् । गोडकरीसँगै चर्चित योगगुरु रामदेव तथा पतञ्जलीका अध्यक्ष बालकृष्ण आचार्य पनि नेपाल आउँदैछन् ।


अमेरिकाबाट दक्षिण तथा मध्य–एसियाली मामिला हेर्ने अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड नु पनि नेपाल आउने तय भएको छ । उनी १ मंसिरमा नेपाल आउन लागेका हुन् । माल्दिभ्स हुँदै उनी नेपाल आउन लागेका हुन् । उनले पनि प्रधानमन्त्री शेरबहादुर देउवा लगायतलाई भेट्नेछन् । नेपालमा अमेरिका सहयोग परियोजना एमसिसी अन्योलमा परेका बेला सहायक विदेशमन्त्री नेपाल आउन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्