
हेडलाइन्स्
१.नेपाल कम्युनिष्ट पार्टी (एमाले) १०औं महाधिवेशनका लागि देशैभरी महाधिवेशन प्रतिनिधिका लागि निर्वाचन, सर्वसम्मत प्रतिनिधि छनौट भएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङको भनाइ, १०औं महाधिवेशनमा १९ सय ९९ प्रतिनिधि सहभागी हुने, १७ सय ३६ प्रतिनिधि विभिन्न ठाउँबाट निर्वाचित भएर आउनुपर्ने ।

२. आसन्न निर्वाचनको पूर्व तयारीमा जुट्न नेकपा (एकीकृत समाजावादी) का अध्यक्ष माधवकुमार नेपालको निर्देशन, निर्वाचनअघि नै सबै वडा तथा पालिकासम्मका कमिटीहरु गठन, कम्युनिष्ट आन्दोलनलाई सही दिशा प्रदान गर्न एकीकृत समाजवादी निर्माण गरि अगाडि बढेको भनाइ, निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने प्रस्ताव । समाजवादी प्रेस संगठनको २१५ सदस्यीय केन्द्रीय समिति घोषणा ।

३. नेपाली कांग्रेसले पछिल्लो कार्यतालिकाअनुसार नै महाधिवेशन सम्पन्न गर्ने, मंसिर २४ देखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने गरि निर्वाचन समितिले तय गरेको कार्यतालिकालाई अघि बढाउने कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकको निर्णय, क्रियाशील सदस्यता विवादका कारणले ढिलाइ भएका १३ जिल्लाको वडा अधिवेशन पनि सुरु ।

४. बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव, दीपावली तथा छठजस्ता महत्वपूर्ण चाडपर्वको असरका कारण धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरोलो लाग्ने क्रम जारी, साताभर तीन दिन मात्रै धितोपत्र बजारमा शेयरको कारोबार, तीन कारोबार दिनमा नेप्से परिसूचक हरेक दिनजसो ओरालो, बैंक तथा वित्तीय संस्थाले शेयर धितो कर्जामा गरेको कडाइका कारण पनि बजारमा मानसिक प्रभाव परेको अनुमान ।

५. जनकपुरमा छठ पर्वमा अघ्र्य दिनका लागि बनाउन लागेको घाटको विषयमा स्थानीयबीच भएको विवादले उग्र रूप लियो, हिन्दू र मुस्लिम समुदायबीच तनाव उत्पन्न, कात्तिक २८ को राति १० बजेसम्मका लागि निषेधाज्ञा, भेला जुलुस, प्रदर्शन, घेराउर्, याली, सभा जस्ता क्रियाकलाप गर्न नपाइने ।

६. बहुदलीय जनवाद (जबज) अब पार्टीको मार्गदर्शन सिद्धान्त बन्न नसक्ने नेकपा (एकीकृत समाजावादी) का सम्मानित नेता झलनाथ खनालको भनाइ, जबज पुँजिवादी जनवादी क्रान्तिकै रुप भएको दाबी, एकीकृत समाजवादीको मार्गदर्शन सिद्धान्त ‘माक्र्सवाद–लेलिनवाद’ हुने उल्लेख, एमालेलाई केपी ओलीले वपौति बनाएको र एमालेमा कम्युनिस्ट चरित्र नै नभएको आरोप ।

७. प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभिटी)ले १०० शय्याको आफ्नै अस्पताल भएका शिक्षण संस्थाले मात्र प्रमाणपत्र तह (पिसिएल) नर्सिङको पठनपाठन गराउन पाउने, मापदण्ड पूरा गरेका कलेजलाई मात्र भर्ना खुला गर्ने परिषदको निणर्य, स्थगित गरिएको नर्सिङको भर्ना प्रक्रिया अघि बढ्ने सीटीइभिटीका सदस्यसचिव जीवनारायण काफ्लेको भनाइ ।

८. राजनीतिक उतारचढाव र पटकपटक सरकारको परिर्वतनले वाग्मती प्रदेश सरकारको विद्युतीय बस खरिद र सञ्चालनको प्रक्रिया अन्योलमा, हालसम्म बस खरिद प्रक्रिया अगाडि नबढेको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको यातायात व्यवस्थापन बोर्डद्वारा जानकारी, बस खरिदका लागि आह्वान गरिएको बोलपत्र अनुमानित रकमभन्दा बढी कबोल भएपछि रद्द गर्नु परेकाको बाोर्डका कार्यकारी निर्देशक जगदीश ढुङ्गानाको भनाइ ।

९. नेपालमा भएका सबै कम्युनिष्ट पार्टीको एकता हुने नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’को ठहर, एमाले, माओवादी लगायतका पूर्वसहकर्मीहरुले समेत एकताको कुरा गरिरहेको विप्लवको भनाइ, अहिलेको संसदीय व्यवस्था अनुसार र मन्त्री–मुख्यमन्त्री खान, कुर्सीका लागि एकता नगर्ने, संविधान र व्यवस्था खारेज गरेर कार्यकारी राष्ट्रपति प्रणाली लागू गर्नुपर्नेमा जोड ।

१०. नयाँ दिल्लीमा प्रदुषण कम गर्न लकडाउन गर्ने तयारी, केन्द्रीय राजधानीसमेत रहेको नयाँ दिल्लीमा प्रदुषणको मात्रा न्युनिकरण गर्नका लागि लकडाउन गर्न अदालतको सुझाव, लकडाउनलाई तात्कालिन उपायको रुपमा मात्रै लिन आग्रह, अफगानिस्तानमा बालिकाहरुको किनबेच, अफगानिस्तानका बालिकाको अवस्था चिन्ताजनक अवस्थामा रहेको संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)को भनाइ ।












