Logo
Logo

आजदेखि बालबालिकालाई फाइजर खोप (केन्द्रसहित)



काठमाडौं । आजदेखि १२ वर्ष माथिका दीर्घ रोगीहरुलाई कोभिड १९ विरुद्धको फाइजर खोप लगाइँदैछ । सरकारले १२ वर्ष माथिका आठ प्रकारका दीर्घ रोग भएका व्यक्तिहरुलाई सरकारले फाइजर खोप लगाइदिन लागेको हो । यो खोप अभियान मंसिर चार गतेसम्म चल्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सरकारले खोप लगाउनका लागि देशभर २४ वटा खोप केन्द्र तोकेको छ । सरकारले कोभ्याक्स सुविधा मार्फत सहयोग स्वरुप प्राप्त भएको फाइजर बायोएनटेक खोप १ लाख ६३० मात्रा प्राप्त गरेको थियो ।

खोप सेसन सञ्चालन तथा व्यवस्थापनका लागि प्रत्येक खोप केन्द्रमा दुई जना खोप दिने स्वास्थ्यकर्मी, निगरानी तथा व्यवस्थापनका लागि एक चिकित्सक र अस्पतालको तथ्यांक हेर्ने व्यक्ति परिचालन गरिएको छ । खोप केन्द्र तोकिएका ठाउँहरुमा बिहान १० देखि ४ बजेसम्म खोप लगाइनेछ ।

कसले पाउँछन् ?
१२ वर्षमाथिका निम्न दीर्घ रोग भएका बिरामी
– लामो समयदेखि मुटुका बिरामी भइ अप्रेसन गरेका वा औषधि प्रयोग गरिरहेका व्यक्ति
– लामो समयदेखि मिर्गौलाको समस्या भइ मिर्गौला फेरेका, डायलाइसिस गराइरहेका, औषधि सेवन गरिरहेका बिरामी
– जुनसुकै प्रकारको क्यान्सरको पहिचान भइ अप्रेसन गरेका तथा उपचारमा रहेका बिरामी
– लामो समयदेखि छातीको समस्या भइ चिकित्सकको पूर्जा बमोजिम औषधि खाइरहेका बिरामी
– अंग प्रत्यारोपण गरेका व्यक्ति
– लामो समयदेखि कडा खालको उच्च रक्तचाप र मधुमेह भई चिकित्सकको निगरानीमा उपचार गराइरहेका बिरामी
– कुनै पनि कारणबाट रोग प्रतिरोधात्मक क्षमता कम भएको अवस्थाका व्यक्ति
– मस्तिष्क र मस्तिष्कका रक्तनलीसम्बन्धी रोग ९जस्तै पक्षघात, एन्युरिजम, रक्तनलीमा भएका विकृती आदी० लागेका व्यक्ति

खोप लगाइने २४ अस्पतालहरु
वीर अस्पताल
त्रिवि शिक्षण अस्पताल
निजामती सेवा अस्पताल
सहिद गंगालाल हृदय केन्द्र
भक्तपुर क्यान्सर अस्पताल
पाटन अस्पताल
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र
वीरेन्द्र सैनिक अस्पताल

उपत्यका बाहिर
मेची अस्पताल
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
जनकपुर अस्पताल
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल
गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान
लुम्बिनी प्रादेशिक अस्पताल
भेरी अस्पताल
डडेल्धुरा अस्पताल
कोशी अस्पताल
गजेन्द्र नारायण सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान
नारायणी अस्पताल
धुलिखेल अस्पताल
धवलागिरी अस्पताल
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान
कर्णाली प्रादेशिक अस्पताल
सेती अस्पताल

फाइजर खोप लगाएछि हुन सक्ने असरहरु
– सुई लगाएको ठाउँमा दुख्ने, हल्का रातो हुने र सुन्निने
– टाउको दुख्ने, जाडो हुने र ज्वरो आउने
– मासंपेशी तथा जोर्नीहरु दुख्ने
– खान मन नलाग्ने र वाकवाकी लाग्ने
– थकाई लाग्ने
– सुई लगाएको हातको काखीको ग्रन्थी सुन्निने र दुख्ने

प्रतिक्रिया दिनुहोस्