Logo
Logo

सर्वोच्चमा प्रधानन्यायाधीशलाई गेटमै रोक्ने बारको तयारी


819
Shares

काठमाण्डौं । नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाईआज पनि अदालत प्रवेश गर्न नदिने तयारी गरेको छ ।
बारले सर्वोच्चका दुवै ढोकामा धर्ना दिने तयारी गरेको छ ।

शुक्रवार पनि जबरालाई अदालतको गेटमा छेकेको बारले आजबाट जबरा विरुद्धको आन्दोलनलाई देशव्यापी बनाउने निर्णय गरेको हो ।

जबराको राजीनामा मागेर गएको १४ गतेदेखि बारले निरन्तर आन्दोलन गर्दै आएको छ । आजदेखि भने जिल्ला तथा इकाईहरु पनि आन्दोलनमा उत्रिने बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए ।

सर्वोच्च अदालतका १९ जना न्यायाधीशहरु पनि आन्दोलनमा छन् । सर्वोच्चमा प्रधानन्यायाधीशविरुद्ध न्यायाधीशहरूले इजलास बहिष्कार गर्दै आएका छन् । सर्वोच्च अदालतका पूर्व तथा बहालवाला न्यायाधीश, नेपाल बार तथा विभिन्न सङ्घसंस्थाको विरोधका कारण दबाबमा परेको सरकारले न्यायालयको गतिरोध अन्त्य गर्न छलफल थालेको छ ।

प्रधानमन्त्रीसहित मन्त्रीहरुले यसबारे बिहीवार बेलुका पहिलो चरणमा परामर्श गरे पनि सङ्कट समाधानको उपायका बारेमा सरकार र सत्तारुढ दल अहिलेसम्म प्रष्ट भइसकेका छैनन् । सत्तारुढ दलले साझा धारणा बनाएर छिट्टै न्यायालयभित्रको समस्या समाधान गर्ने कांग्रेसका वरिष्ठ नेता एवं उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले बताए । ।

प्रतिक्रिया दिनुहोस्