Logo
Logo

‘यो ब्याक गियर नभएको आन्दोलन हो’



काठमाडौं । सर्वोच्च अदालत नेपाल बार एशोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको भूमिकालाई कुनै पनि अवस्थामा आफूहरुलाई स्वीकार्य नहुने बताएका छन् ।

आइतबार प्रधानन्यायाधीश जबराले तोकेको इजलास बहिस्कार गरेका सर्वोच्च अदालतका न्यायाधीशबीच १९ जनाको बैठकबाट नियमावली संशोधन गर्ने र पेशी तोक्न गोलाप्रथा लागू गर्नु विषयमा भएको छलफलप्रति लक्षित गर्दै अध्यक्ष शाक्यले जबराको पभूमिकामा स्वीकार नगर्ने बताए ।

सर्वोच्च अदालत परिसरमा धर्ना बसेका कानुन व्यवसायीहरुलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्तासमेत रहेका शाक्यले भने, ‘यो ब्याक गियर नभएको आन्दोलन हो । हामी यो आन्दोलनलाई तुहाउन दिन्नौं ।’

प्रतिक्रिया दिनुहोस्