Logo
Logo

५० जनाभन्दा बढी प्रधानन्यायाधीशका समर्थक पक्राउ



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको समर्थनमा सडकमा निस्किएका ५० जनाभन्दा बढी प्रहरीले पक्राउ गरेको छ । नेपाल बार एशोसिएशनको आन्दोलनलाई प्रतिकार गर्न निस्किएका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बार एशोसिएशनको आन्दोलनलाई प्रतिकार गर्नका लागि आइतबार दुई वटा समूह सडकमा उत्रिएको थियो । बार एशोसिएसनले सर्वोच्च अदालत परिसरभित्रै विरोधको कार्यक्रम आयोजना गरिरहेको समयमा प्रधानन्यायाधीशको समर्थनमा केहीले सडकमा नाराबाजी गरेका थिए । प्रदर्शनको क्रममा एक प्रहरीसहित केही प्रदर्शनकारी घाइते भएका छन् ।

सर्वोच्च अदालत परिसरमा आइतबार आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनीहरुले भ्रष्टाचार गरेको रकम प्रयोग गरेर कानुन व्यवसायीको आन्दोलनलाई दबाउन खोजिएको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्