काठमाडौं । प्रहरीले राजधानीको एक सेकुवा कर्नरबाट ८ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-७ गंगाहिटी चाबहिलस्थित टहरोमा पाँचथर घर भएका ३७ वर्षीय सुजन लिम्बुले संचालन गरेको खुकुरी सेकुवा कर्नर, रेष्टुरेन्ट तथा खाजा घरमा तास खेलिरहेको अवस्थामा सुजन लगायत ८ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।
उक्त खाजा घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख १८ हजार २ सय २० रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।












