Logo
Logo

सहरी विकासमा आर्थिक चलखेलका आधारमा सात कर्मचारी भर्ना




नेपालगञ्ज । सहरी विकास तथा भवन निर्माण कार्यालय बाँकेमा आर्थिक चलखेलका आधारमा सात जना कर्मचारी नियुक्ति गरिएको छ । प्रतिस्पर्धाका आधारमा नियुक्ति गर्नुपर्नेमा निमित्त कार्यालय प्रमुख रामआश्रय शाहले विज्ञापन समेत नगरी कर्मचारी भर्ना गरेका हुन् ।


उपेन्द्रकुमार शाह(इन्जिनियर), मिसन चौधरी(सब–इन्जिनियर), रमेश शाही(सब–इन्जिनियर), रमेश चौधरी(असिसटेन्ट सब–इन्जिनियर), जुधराम थारु (असिसटेन्ट सब–इन्जिनियर) र बिशाल कुमार लेखरलाई आर्थिक चलखेलका आधारमा नियुक्त गरेका हुन् । यसरी करारमा भर्ना गरिएका कर्मचारीसँग पैसा उठाइएको छ ।


निमित्त कार्यालय प्रमुख शाह ओभरसियर हुन्, तर उनी इन्जिनियरको पदमा बसेर काम गरिरहेको स्रोत बताउँछ । हाल राप्ती इन्जिनियरीङ कलेजमा बल्ल इन्जिनियरीङ पढीरहेका छन् । शाहको नेतृत्वमा निर्माण र खरिदका काममा व्यापक अनियमितता बढेको कर्मचारीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्