Logo
Logo
एकीकृत समाजवादीको निर्णय

न्यायिक सर्वोच्चता र स्वतन्त्र न्यायपालिकाको अवधारणामा संकट


1.3k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजावादी)ले सर्वोच्च अदालतमा देखिएको समस्याले न्यायिक सर्वोच्चता र स्वतन्त्र न्यायपालिकाको अवधारणामा संकट पैदा भएको निष्कर्ष निकालेको छ ।

एकीकृत समाजवादीको आज काठमाडौंमा सम्पन्न केन्द्रीय कमिटीको बैठकका निर्णय सार्वजनिक गर्दै उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले देशको संविधानले सुनिश्चित गरेको शक्ति पृथकीकरणको सिद्धान्त खलबलिनु संविधानवादको विरुद्ध हुन बताए ।

‘देशको संविधानले सुनिश्चित गरेको शक्ति पृथकीकरणको सिद्धान्त खलबलिनु संविधानवादको विरुद्ध हुनजान्छ । आज न्यायालयमा देखिएको समस्याले यो सिद्धान्त खलबलिने स्थितिमा पुगेको छ । न्यायिक सर्वोच्चता र स्वतंत्र न्यायपालिकाको अवधारणामा पनि संकट पैदा भएको छ’ खतिवडाले भने ।

कानुन क्षेत्रका विद्धान अधिवक्ताहरु, कानुन व्यवसायीको संगठन र नागरिक समाजका अगुवाहरु न्यायिक सर्वोच्चताको पक्षमा आन्दोलित भएकोमा न्याय क्षेत्रको विद्यमान अवस्था र संकटप्रति एकीकृत समाजवादीले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

सर्वोच्च अदालतमा देखिएको संकट समाधानको लागि राजनीतिक दलहरु, न्याय क्षेत्रका सरोकारवाला पक्षहरुबीच एकीकृत अवधारणा बनाउन यो बैठक अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्