Logo
Logo
न्यायालयमा विवाद

प्रधानन्यायाधीशविरुद्ध आज पनि देशभर आन्दोलन


1k
Shares

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आएको नेपाल बार एसोसिएसनले आज पनि देशभरका ९० बार इकाईमा विरोध प्रदर्शन गर्दैछ ।

काठमाडौं उपत्यकाका सबै बार इकाईबाट सर्वोच्च अदालतमा उपस्थित भएर प्रधानन्यायाधीश जबराविरुद्ध विरोध गरिने बारका महासचिव लीलामणि पौडेलले जानकारी दिए ।

प्रधानन्याधीशलाई सर्वोच्च प्रवेशमै रोक लगाउने भन्दै बार आइतबारदेखि गेटमै प्रदर्शन गर्दै आएको छ । देशभरका सबै अदालतमा आज पनि मध्यान्न १२ बजेसम्म विरोधका कार्यक्रम रहेको रहेको उनले बताए ।

बारले २२ देखि ३० सम्मका लागि दोस्रो चरणको आन्दोलन घोषणा गरेर विरोध प्रदर्शन गरिरहेको छ । प्रधानन्यायाधीश जबरा भने इजलास तोक्दै आएका छन् । बारले प्रधानन्यायाधीशद्वारा तोकिएका इजलासमा नजान आग्रह गर्दै सर्वोच्च अदालतका सबै न्यायाधीशलाई पत्र पठाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्