Logo
Logo

ओखलढुंगामा जिप दुर्घटना, ३ जनाको मृत्यु


1.1k
Shares

काठमाडौं । ओखलढुंगामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सुनकोशी गाउँपालिका-९ काँडेभञ्याङ नजिकै आज बिहान ७/३० बजेतिर जिप दुर्घटनामा परेको हो ।

जिप दुर्घटनामा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायब उपरीक्षक गोविन्दराज काफ्लेले बताए ।

उनका अनुसार दुर्घटनामा १३ जना घाइते भएका छन् । ‘घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ। हेलिकप्टर मगाएका छौं,’ उनले भने । घाइतेहरूलाई काठमाडौं ल्याउने तयारी उनको भनाई छ ।

प्रदेश ३-१०२२-च९६९४ नम्बरको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा परेका घाइतेहरूको प्रहरीले उद्धार गरिसकेको छ । मृतकहरूको खनाखत हुन बाँकी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्