Logo
Logo

रौतहटमा प्रचण्ड सहभागी हुने कार्यक्रम स्थगित


3.2k
Shares

फाइल फोटो


रौतहट । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालको सोमबार रौतहट आउने कार्यक्रम स्थगित गरिएको छ ।

अध्यक्ष प्रचण्डको स्वास्थ अवस्था ठिक) नभएको कारण शनिबार अस्पताल भर्ना भएका थिए । रौतहटको कटहरिया बजारमा आज निर्धारण भएको उनको सम्बोधन कार्यक्रम स्थगित भएको छ ।

आईतवार बसेको माओवादी जिल्ला पार्टी कमिटी रौतहटको बैठकले अध्यक्ष प्रचण्डको शिघ्र स्वास्थलाभको कामना समेत गरेको थियो । बैठकमा सहभागी माओवादीका केन्द्रीय सदस्य समीर भट्टराईले प्रचण्ड उपचारको क्रममा अझै ठिक हुन केहि दिन लाग्ने भएकोले चिकित्सकको सल्लाह आएपछि सोमबार रौतहटको कटहरियामा आयोजना गरिएको सम्बोधन कार्यक्रम स्थगित गरेको बताए ।

रौतहटमा प्रचण्ड आउने भएपछि त्यसको भब्य तयारी गरिएको थियो । नेकपा पार्टी बिभाजनपछि पहिलो पलट प्रचण्ड रौतहट आउन लागका थिए ।

प्रतिक्रिया दिनुहोस्