Logo
Logo

कानुन व्यवसायीमाथि प्रहरीको लाठीचार्ज




काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीहरुमाथि प्रहरीले धरपकट गरेको छ । सर्वोच्च अदालतभित्र प्रवेश गरेर प्रदर्शन गरेका कानुन व्यवसायीहरुमाथि प्रहरीले बल प्रयोगका साथै लाठीचार्ज गरेको छ ।

प्रहरीको घेरा तोडेर अघि बढ्न खोजेपछि प्रहरीले केही कानुन व्यवसायीहरुमाथि सामान्य लाठीचार्ज गरेको हो । प्रहरीले कानून व्यवसायीको माइक पनि खोसेपछि धकेलाधकेल पनि भएको छ । कानुन व्यवसायीले अघिल्ला दिन प्रदर्शन गर्दै आएको ठाउँसम्म पुग्नबाट प्रहरीले रोकेको हो ।

माइक नपाएपछि कानुन व्यवसायीहरुले अघिल्लो दिनमा जस्तो प्रदर्शनस्थलमा भाषण गरेका छैनन् । उनीहरु यथास्थानमा धर्नामा बसिरहेका छन् ।

प्रधानन्याधीशलाई सर्वोच्च प्रवेशमै रोक लगाउने भन्दै बार आइतबारदेखि गेटमै प्रदर्शन गर्दै आएको छ । देशभरका सबै अदालतमा आज पनि मध्यान्न १२ बजेसम्म विरोधका कार्यक्रम छ ।

बारले २२ देखि ३० सम्मका लागि दोस्रो चरणको आन्दोलन घोषणा गरेर विरोध प्रदर्शन गरिरहेको छ । प्रधानन्यायाधीश जबरा भने इजलास तोक्दै आएका छन् । बारले प्रधानन्यायाधीशद्वारा तोकिएका इजलासमा नजान आग्रह गर्दै सर्वोच्च अदालतका सबै न्यायाधीशलाई पत्र पठाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्