काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग्दै काननु व्यवसायीको जारी आन्दोलनको रिपोर्टिङ गर्न जाने पत्रकारलाई निषेध गरिएको छ ।
आइतबारसम्म पत्रकारहरु सर्वोच्च परिसरभित्रै प्रवेश गरी रिपोर्टिङ गर्दै आएका पनि सोमबारदेखि भने प्रहरीले प्रवेशमा रोक लगाएको छ ।
सर्वोच्च परिसरमा सुरक्षामा खटिएका प्रहरीले पत्रकारहरुलाई प्रवेश गर्न नदिनु भन्ने निर्देशन रहेको भन्दै रोक लगाएको हो ।

प्रधानन्यायाधीश जबरा मन्त्रिपरिषद सदस्यको भागबण्डामा मुछिएपछि उनीविरुद्ध दुई सातादेखि नेपाल बार एशोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरुले चरणबद्ध आन्दोलन गर्दै आएका छन् । तर, प्रधानन्यायाधीश जबरा राजीनामा नदिने अडानमा छन् ।
यस्तै, प्रधानन्यायाधीश जबराको पक्षमा समेत प्रदर्शन हुँदै आएको छ । आइतबार प्रधानन्यायाधीश जबरालाई समर्थन गर्दै सडकमा निस्किएका ५० जनाभन्दा बढी प्रहरीले पक्राउ गरेको थियो । सोमबार पनि प्रधानन्यायाधीशको पक्ष र विपक्षमा प्रदर्शन भइरहेको छ ।











